आज जसपा र एमालेको सखुवा प्रसौनीको कौवाबन कटैयामा घरदैलो हुने

वीरगंज –जनता समाजबादी पार्टी नेपाल र नेकपा एमालेको संयुक्त गठबन्धनले आज सोमबार बिहान ८ बजे पर्सा क्षेत्र नम्बर ३ को सखुवा प्रसौनी गाउँपालिकाको वडा नम्बर ३ कौवाबन कटैयामा हुने भएको छ ।

जसपा नेपाल र नेकपा एमालेको संयुक्त गठबन्दनबाट पर्सा क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहनुभएको राजकुमार गुप्ता र ३ ( ख ) की प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ता कुर्मीले आज बिहान ८ बजे त्यहा चुनावी घरदैलो कार्यक्रम गर्न लाग्नुभएको जसपा पर्साले जनाएको छ  ।

Share your love