आजको राशिफल

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ० महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । लाभदायक यात्रा होला ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, हा० शरीरमा स्फूर्ति र उमङ्गको कमी आउनेछ । मालसामान हराउन सक्छ । ससाना समस्यामा अल्झनुपर्नेछ, तर साँझमा आर्थिक लाभ मिल्न सक्छ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे० आज साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन पनि हुन सक्छ ।

तुला -रा, रि, रु, रे, रो, ता, ति, तु, ते० आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । सहकर्मीबाट विरोध आउला । नियमित खर्चसमेत बढ्ने योग पनि छ ।

धनु -ये, यो, भा, भि, भु, धा, फा, ढा, भे० आज भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथिको आगमन हुनेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ, साँझमा भने चिन्ता बढ्नसक्छ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, दा० आज समय मध्यम खालको छ । आफूले ठीक मानेर गरेको काममा आफैलाई सन्तुष्टि मिल्ने छैन । सोचेजतिका कामहरूमा विघ्नबाधा आउनसक्छ ।

वृष -इ, उ, ए, ओ, वा, वि, वु, वे, वो० आज राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो० भाग्यले विभिन्न अवसर जुराउनेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।

कन्या -टो, पा, पि, पु, ष, ण, ठ, पे, पो० आज शुभारम्भको चर्चा चल्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । भ्रमणको योग पनि छ ।

वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु० आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । रमाइलो यात्राको सम्भावना पनि रहेको छ ।

मकर -भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि० आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, चा, चि० ठीक समयमा सही निर्णय लिन सकिनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा पनि हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

Share your love