अपडेटः–सिम्रौनगढमा दुई पक्षबीच झडप : १२ जना घाईते

वीरगँजः–मलको बिष्य लिएर बाराको सिम्रौनगढ नगरपालिका–४ वडा कार्यालयमा वडाध्यक्ष अवधेश सहनी पक्षधर र स्थानीय किसानबीच झडप हुदा १२ जना घाईते भएका छन । मङ्गलवार बिहान सवा ११ बजे वडा कार्यालयमा वडाध्यक्ष सहनी र स्थानीय किसानबीच झडप भएको र सो झडपमा परी दुवैतर्फका १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष सहनीले वडा कार्यालयमा लगाइएको ताला खोल्न आउने क्रममा किसानहरूसँग झडप भएको बताउनुभएको छ । तर किसानहरूले वडाध्यक्षले वार्ताविना ताला खोल्ने प्रयास गर्दा झडप भएको जानाएका छन ।वडा कार्यालयले मङ्सिर १५ गतेदेखि १८ गते सम्म मल वितरणका लागि किसानहरूलाई आफ्नो नागरिकताको प्रतिलिपि बुझाउनुपर्ने सूचना जारी गरेको थियो  ।

अधिकँस किसानहरूले सुचनाको अन्तिम दिन आफ्नो नागरिकताको प्रतिलिपि बुझाउन जादा त्येदिन वडा कार्यालय साढे ३ बजे कार्यालय नै बन्द भएपछि नागरिकताको प्रतिलिपि बुझाउन छुटेका किसानहरूले आक्रोशित हुँदै वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।तालाबन्दी खोल्नेबारेमा किसानहरूसँग वार्ता नगरी खोल्ने प्रयास गरिंदा झडप भएको हो ।

झडपमा दुवैतर्फका अरुण पण्डित, सराजुल हक, देवेन्द्रप्रसाद यादव, अजय यादव, मणुभूषण यादव, जाबिर अन्सारी, अरविन्द यादव, मोहन सहनीलगायत १२ जना घाइते भएका छन् । घाइतेहरूमध्ये अरुण पण्डितलाई थप उपचारको लागि वीरगंजस्थित नेशनल मेडिकल कलेजमा रेफर गरिएको छ भने बाँकी घाइतेहरूको स्थानीय क्लिनिकमा उपचार भईरहेको छ ।

Share your love