आउनासाथ सबै नीति फेर्नतिर लाग्दिन, नागरिकलाई दिने सेवा प्रभावकारी बनाउँछु : मन्त्री पौडेल

नवनियुक्त परराष्ट्रमन्त्री डा. विमला राई पौडेलले परराष्ट्र मन्त्रालयले नागरिकमा पुर्‍याउने सेवा र सुविधालाई सहज बनाउने कुरा आफूले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ ।

आज मङ्गलवार परराष्ट्र मन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पदभार सम्हाल्दै मन्त्री पौडेलले मन्त्रालयबाट नागरिकमा प्रवाह हुने सेवालाई प्रभावकारी तुल्याउने, विदेशी कुटनीतिक नियोगहरूसँगको सहकार्य र नेपालका विभिन्न देशमा रहेका राजदूतावासमा नेपालीको सहज पहुँच बनाउने तीन प्राथमिकता रहेको बताउनुभयो । नेपालको परराष्ट्र नीतिलाई स्थिर बनाउन आफूले प्रयास गर्ने उहाँकाे भनाइ छ ।

मन्त्री पौडेलले नेपालको राजदूतावासमा नेपाली जाँदा घरजस्तो अनुभव गर्नुपर्ने भन्दै नेपालीहरू बाहिर जाँदा नेपालको राजदूतावासभित्र छिर्दा घर महसुस हुने वातावरण बनाउने बताउनुभयो ।

 

Share your love