अमेरिका भ्रमण छोट्याएर जसपा अध्यक्ष एवम् स्वास्थ्यमन्त्री यादव स्वदेश फिर्ता

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव स्वदेश फर्किनुभएको छ । अमेरिकाको न्यूयोर्कमा आयोजित विश्व जनसङ्ख्यासम्बन्धी सम्मेलनमा भाग लिन उहाँ गएको शनिवार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

न्युयोर्कमा मन्त्री यादवले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस तथा ७८औँ महासभाका अध्यक्ष डेनिस फ्रान्सिससँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको थियो । तर उहाँ विदेशमै भएको बेला अशोक राईको नेतृत्वमा बहुमत सदस्यले पार्टी फुटाएपछि भ्रमण छोट्याएर गएराति कतार एयरवेजको जहाजबाट स्वदेश फर्कनुभएको हो ।

प्रतिनिधिसभामा रहेका पार्टीका १२ मध्ये ७ सांसद र ३० केन्द्रीय सदस्यको हस्ताक्षरमा राईले नयाँ पार्टी जसपा निर्वाचन आयोगमा दर्ता गराउनुभएको छ । अब यादवसँग प्रतिनिधिसभामा ५ जनामात्रै सांसद छन् । यादवले संसदीय दलको बैठक समेत बोलाउनुभएको छ । बैठकमा पार्टी विभाजनपछिको अवस्था, सरकारलाई दिएको समर्थन तथा भावी रणनीतिबारे आवश्यक छलफल गर्ने तयारी छ ।

Share your love

Leave a Reply

Your email address will not be published. Required fields are marked *