अफगानिस्तानमा पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध

अफगानिस्तानले पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध लगाएको छ । तालिवान सरकारले आफ्नो देशमा पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध लगाएको हो । अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्धमा पछिल्ला वर्ष तनाव बढ्दो छ ।

अफगान समाचार संस्था खामा प्रेसका अनुसार पाकिस्तानी मुद्रामाथिको प्रतिबन्ध अक्टोबर १ तारिख शनिवारदेखि नै लागू भएको हो । तालिवान गुप्तचर निकायले अफगानिस्तानमा आर्थिक लेनदेनमा पाकिस्तानी मुद्रा ९रुपैयाँ० को प्रयोगलाई पूर्ण रूपमा प्रतिबन्ध गरिएको घोषणा गरेको छ ।

यो आदेश तालिवानको सम्पत्ति शुद्धिकरण ‘एन्टी मनी लाउन्ड्रिङ’ शाखाले मनी एक्सचेन्ज एसोसिएशनलाई जानकारी गराएको थियो । आदेश अनुसार स्थानान्तरण, व्यापार र मुद्रा विनिमयसहित सबै वित्तीय लेनदेनहरूलाई सीमित मात्र नगरी निषेधित गरिएको छ । गएको वर्षको अगष्टमा तालिवानले सत्ता कब्जा गरेयता दुई देशबीचको सम्बन्धमा विभिन्न कारणले तिक्तता आएको छ ।

Share your love