स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धी सम्झौता

स्पर्श मल्टिस्पेसियालिटी अस्पताल बीरगंज र सशस्त्र प्रहरी बल, नेपाल नम्वर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी बीच सो अस्पतालहरुबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवामा निश्चत प्रतिशतको छुट सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता अनुसार सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत बहालवाला कर्मचारीहरु, मधेश प्रदेशभित्र स्थायी वतन भएका बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु, भूतपुर्व सशस्त्र प्रहरी कर्मचारीहरु र निजहरुका आश्रीत परिवारहरुलाई स्वास्थ्य उपचार सेवामा निश्चत छुट सुविधा उपलब्ध गराउने उद्धेश्यले सो सम्झौता भएको हो ।

असोज १३ गते स्पर्श मल्टिस्पेसियालिटी अस्पताल बीरगंज संग समझदारी पत्रमा सशस्त्र प्रहरी बल, नेपाल नम्वर १२ गण बारामा आयोेजित छुट्टा–छुट्टै कार्यक्रमहरुका बीच द्विपक्षीय हस्ताक्षर भएको हो ।

सो सम्झौता समझदारी पत्रमा हस्ताक्षर भएको मितिबाटै लागू हुने र यसको अवधि ५ वर्ष सम्मको हुने छ ।यसको साथै आपसी सहमतिमा समझदारी पुनः निरन्तरता प्रदान गर्न सकिने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

Share your love