वीरगंज –सरकारले किसानलाई मल नदिएर आफ्नो दाईत्वबाट पन्छी रहेको पर्सा क्षेत्र नम्बर ३ का सांसद हरिनारायण रौनियारले आरोप लगाउनु भएको छ ।
रेडियो सान्भी संग कुरा गर्दै सांसद रौनियारले सरकार निरही बनेर टुलुटुलु देशमा जनताको पिडा हेरिरहेको आरोप लगाउनुभएको हो । देशको मेरुदण्ड किसानलाई सरकारका चाडो भन्दा चाडो मल उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो ।
पर्सा जिल्लाबाट अन्यत्र पनि मलको निकासा हुने तर यहि जिल्लाका किसानलाई समयमा मल नदिने सरकाको कस्तो नियति रहेको भन्दै उहाले प्रश्न गर्नुभयो । किसानको पिडा केन्द्रमा बसेको सरकार नबुझेको गुनासो गर्नुभयो ।