सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा सहमति, प्रचण्ड गोरखा–२ बाट उम्मेदवार बन्ने (सूचीसहित)

सत्तारूढ गठबन्धनभित्र प्रतिनिधि सभाको सिट भागबन्डामा सहमति भएको छ । जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि आएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई ८ देखि १० सिट दिने गरी भागबन्डा गरिएको हो । प्रतिनिधि सभाको १ सय ६५ मध्ये १ सय ६१ सिटको भागबन्डा मिलेको र यो सूचीमा आज शनिवारसम्म तल–माथि हुन सक्ने नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो शुक्रवार अबेरसम्म बसेको गठबन्धनको बैठकले कांग्रेसलाई ८४, नेकपा माओवादी केन्द्रलाई ४७, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई दुई स्थान दिने गरी बाँडफाँट भएको छ । १३ सिटमा लोसपासँग थप छलफल गरेर टुङ्ग्याउने जिम्मा कांग्रेसलाई दिइएको छ । आज शनिवार सहमति पत्रमा हस्ताक्षर गर्ने गठबन्धनको तयारी छ ।

यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभा चुनावमा गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने हुनुभएको छ । हिजो बसेको माओवादी केन्द्रको पदाधिकारीको बैठकले प्रचण्डलाई गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो । यसअघि २०७४ को चुनावमा प्रचण्ड चितवन ३ बाट निर्वाचित हुनुभएको थियो । त्यस्तै २०६४ सालको पहिलो संविधान सभा चुनावमा उहाँ काठमाण्डौ क्षेत्र नम्बर १० र रोल्पा २ बाट निर्वाचित हुनुभएको थियो । २०७० सालको दोस्रो संविधान सभा चुनावमा सिरहा ५ र काठमाण्डौ १० बाट उम्मेदवार बने पनि उहाँ काठमाण्डौ १० मा पराजित हुनुभएको थियो ।

कुन क्षेत्र कसलाई ?

 

Share your love