एमाले संग जसपाको गठबन्धन -पर्सामा बराबरी हिसा

जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमाले बीच आंशिक क्षेत्रमा मात्र चुनावी तालमेल भएको छ । तालमेल नभएका ठाउँमा दुवै दलले छुट्टा छुटटै मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको सहमति अनुसार जसपाले प्रतिनिधीसभा तर्फ १७ सीट मात्र पाएको छ । पर्साका ४ प्रतिनिधीसभा क्षेत्र मध्ये जसपाले २ र एमालेले २ क्षेत्र पाएको छ ।

जसपाले पर्साको १ र २ पाएको छ भने एमालेले पर्साको ३ र ४ पाएको छ । यस्तै प्रदेशसभा तर्फ पर्सामा दुवै दलले ४÷४ सिट बाँडफाँड गरेका छन् । प्रदेशसभा तर्फ जसपाले पर्साको १ (ख) , २ (क) , ३ (ख) र ४ (ख) पाएको छ ।प्रदेशसभा तर्फ नेकपा एमालेले भने १(क), २ (ख), ३ (क) र ४ (क) लिएको छ ।

Share your love