दोश्रो पटक पनि संसदबाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको कदमप्रति जनकपुरमा मधेशवादी दलहरुले छुट्टाछुट्टै कार्यक्रम गरी विरोध गरेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), जनता समाजवादी पार्टी (जसपा) र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले जनकपुरमा चक्काजामसहितका छुट्टाछुट्टै कार्यक्रम गरी विरोध गरेको हो ।
यस्तै जसपा र तमलोपाका नेता कार्यकर्ताले जनकपुरमा प्रदर्शन गर्दै राष्ट्रपति भण्डारीको पुतला जलाएका छन् । छुट्टाछुट्टै विरोध प्रदर्शन गर्दै जनकपुरको जनकचोकमा राष्ट्रपति भण्डारीको पुतला जलाउँदै जसपा र तमलोपाले राजीनामासमेत माग गरेका छन् ।