मुख्यमन्त्री राउत पर्सा क्षेत्र नं १ (ख) बाट सिफारिस

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मधेस प्रदेशका मुख्यमन्त्री डा लालबाबु राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यकाो उम्मेदवारका लागि सिफारिस गरेको छ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत मुख्यमन्त्री राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यका लागि एकल नाम सिफारिस गरेको पार्टीका पर्सा सचिव तवरेज अहमदले जानकारी दिए । ०७४ सालमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवार बनेका मुख्यमन्त्री राउत ९ हजार ८०४ मत ल्याएर विजयी भएका थिए ।

उनको निकटतम प्रतिद्वन्दी विजयकुमार सर्राफले ६ हजार ८२९ मत ल्याएका थिए भने एमालेका उम्मेदवार शम्भु प्रसादले २ हजार ८७६ मत ल्याएर तेस्रो बनेका थिए ।
Share your love

Leave a Reply

Your email address will not be published. Required fields are marked *