
नदीमा डुबेर दुई युवतीको मृत्यु
राप्ती नदीस्थित सिधनियाघाटमा डुबेर दुईजना युवतीको मृत्यु भएको छ। वनभोज खान गएका वेला डुडुवा गाउँपालिका ४ स्थित राप्ती नदीको सिधानियाघाटमा नुहाउने क्रममा दुईजना युवतीको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा कोहलपुर नगरपालिका–२ की २९ वर्षीया शारदा चौधरी र नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
घटनाबारे अनुसन्धान भइरहेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।