पछिल्लो ३ घण्टा भारी वर्षा, बाढीको जोखिम भएकाले सतर्कता अपनाउन आग्रह

पछिल्लो तीन घण्टामा देशका विभिन्न ठाउँमा ठूलो पानी परेको छ ।

पछिल्लो ३ घण्टामा नवलपरासी, स्याङ्जा, कास्की, लमजुङ र आसपास केही ठाउँमा मध्यम र भारी वर्षा भएको छ । ती ठाउँ आसपासका साना खोला र खहरेमा आकस्मिक बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।

यस्तै, अबको तीन घण्टामा तनहुँ, गोरखा, धादिङ, नुवाकोट, चितवन, मकवानपुर, काठमाण्डौ उपत्यका र आसपास केही ठाउँमा कतै भारी र कतै मध्यम वर्षाको सम्भावना छ । साना खोलामा जलसतह केही बढ्न सक्ने भएकाले सावधानी अपनाउन केन्द्रले अनुरोध गरेको छ ।

 

Share your love