बोलेरोले ठक्कर दिदा सर्लाहीमा साईकल यात्रीको मृत्यु

वीरगंज -सर्लाहीमा बोलेरोको ठक्करबाट एक साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिपूर नगरपालिका वडा नम्बर २ का चन्देश्वर चौधरी रहेका छन  ।

शुक्रबार राति ८ बजे हरिपुर नगरपालिका ८ जगतपुरमा प्रदेश २–०३–००१ च २३९६ नम्बरको बोलेरले चौधरीलाई  ठक्करबाट दिदा गम्भीर घाईते  हुनुभएको थियो । उहाको प्रादेशिक अस्पताल मलंगवामा उपचार सम्भव नभएपछी थप उपचारको लागी वीरगंज ल्याउदै गरेकोमा बाटोमा मृत्यु भएको हो ।

सर्लाहीका प्रहरी नायव उपरीक्षक विजय यादवको अनुसार शव पोस्टमार्टमका लागि मलंगवा अस्पतालमा राखिएको छ र ठक्कर दिने बोलेरो तथा चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको छ ।

Share your love