दशैंमा कविताको वर्षा
सखी प्रतिष्ठानले थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा दशै, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान समारोहको आयोजना गर्यो। सो समारोहका अवसरमा विशेष कविता वाचनको कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा अध्यक्ष मन्जिला अनिल, सखी प्रतिष्ठानका सल्लाहकार एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, अतिथिहरू शैलेन्द्र साकार, किशोर पहाडी लगायतले आआफ्नो मन्तव्य राखेका थिए। कार्यक्रममा रन्जना अवस्थी (धनगढी), कोपिला घिमिरे, रन्जना भट्ट, सपना तिमिल्सिना, करुणा भट्ट, जस्मिन पाण्डे लगायतको उपस्थिति रहेको थियो।