डा. गुप्ताको राजनीतिक सक्रियता, नयाँ अनुहारलाई जनताले रुचाउनेमा बिश्वस्त

सँधै बिरामीसँग बसेर बिरामीको चेकजाँच गर्ने र स्वास्थय समस्या सोध्ने बरिष्ठ कार्डियोलोजिष्ट डा. मधु गुप्ता यति बेला सामाजिक समस्या सोध्न र जनतासँग भेट्नमा व्यस्त छिन् । ज्नता समाजवादी पार्टी (जसपा) पर्साको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि आफ्नो नाम सिफारिस भएपछि डा. गुप्ताले स्थानीयसँगको भेटघाटलाई तिव्रता दिएकी हुन् ।
केही व्यक्तिको प्रवृतिका कारण नीति निर्माण र नेतृत्व गर्ने राजनीतिक बदनामी भएकोमा आपत्ती जनाउँदै शिक्षित व्यक्तिहरुको आगमनले राजनीतिकप्रतिको गलत बुझाई हटाउने उनको योजना छ । राजनीतिक क्षेत्रको सुधारमार्फत आर्थिक र सामाजिक क्षेत्रमा अपेक्षित परिवर्तन हुनुका साथै शिक्षित व्यक्तिले आफ्नो दक्षता र क्षमताका आधारमा पनि सुधार र विकास गर्न सक्ने उनको दावी छ ।

चिकित्सा क्षेत्रको लामो अनुभवकै आधारमा अरु केही गर्न नसकेपनि आफ्नो क्षेत्रमा गुणस्तरीय र बिश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रवृतिको प्रारम्भ गर्ने उनले बताइन् । पर्सा जिल्लाका अरु क्षेत्रमा सिट बाँडफाँटका लागि जसपा र कांग्रेसबिच तानातान भएपनि क्षेत्र नम्बर ३ जसपाले पाउने लगभग पक्कापक्की भएपछि डा. गुप्ता झनै उत्साहित भएकी छिन् ।

आफु राजनीतिमा सक्रिय नभएपनि राजनीतिक पृष्ठभूमिकै कारण आफु पनि अप्रत्यक्ष रुपमा संलग्न रहेको उनी बताउँछिन् । समाज र समाजमा बसोबास गर्ने बासिन्दाहरुको विकासका लागि परिवर्तन गर्ने हुटहुटी भएपछि र शिक्षित एवम् इमान्दार भएपछि राजनीतिक योगदान नै आवश्यक पर्छ भन्ने कुरामा उनी बिश्वास गर्दैनीन् ।

पार्टीले आफुलाई बिश्वास गरेर नाम सिफारिस गरेकोमा खुशी भएकी डा. गुप्ता अब जनताले बिश्वास गरी मत दिएर निर्वाचित गराउनेमा बिश्वस्त देखिन्छीन् । स्वास्थय र शिक्षासँगै कृषि र रोजगारी आफ्ना प्राथमिकताका क्षेत्र भएको उनले बताइन् ।विगत २ देखि ३ दशकसम्म लामो समयदेखि एउटै अनुहार दोहोरीरहेपनि पटकपटक अवसर पाएपनि त्यस क्षेत्रका जनताले विकासको प्रत्याभुती गर्न नसकेको उनको भनाई छ।

हरेक ठाउँमा जनताले नयाँ अनुहार रुचाएको बताउँदै उनले आफु पनि नयाँ अनुहार भएकाले आफुलाई पनि जनताले बिश्वास गर्ने उनको अडान छ ।  पोखरिया नगरपालिका, सखुवाप्रसौनी गाउँपालिका लगायतका क्षेत्र नम्बर ३ का विभिन्न गाउँका जनताहरुसँग भेट्ने कार्यलाई डा. गुप्ताले निरन्तरता दिएकी छिन् ।
Share your love