कांग्रेस र कम्युनिस्टले केही गर्न सकेनन् भने नयाँ पार्टीले के गर्ला ? : नेता सिंह
नेता सिंहले रविन्द्र मिश्रप्रति इङ्गित गर्दै दुई वर्षसम्म पार्टी टिकाउन नसक्नले देश विकास गर्छु भन्न नहुने बताउनुभयो । उहाँले पार्टी खोल्नु नाङ्लोमा पसल खोलेर चलाउनुजस्तो नभएको भन्दै मिश्रलाई पार्टी टिकाएर देखाउन चुनौती दिनुभयो । देश विकास गर्न पुराना पार्टी कांग्रेस र कम्युनिस्टलाई पनि गाह्रो परिरहेको बेलामा नयाँ पार्टीले कुनै काम गर्न नसक्ने नेता सिंहले जिकिर गर्नुभयो ।
उहाँले परिवर्तन गर्छु भनेर आएको दल अहिले कहाँ छ रु भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘यहाँ पुराना दलहरूले केही गर्न सकेनन् भने अरू कसले गर्न सक्ला त रु गर्न सकेन भनेर कराउने अधिकार कसले दियो रु त्यही पुराना दल कांग्रेसले नै नेतृत्व गरेर जनआन्दोलनबाट मौका पाएको होइन ।
स्थापना गरेको दलललाई एक वर्ष टिकाउन नसक्नेहरूले परिवर्तनको नारा दिँदैमा परिवर्तन हुन्छ रु नारा दिँदैमा परिवर्तन हुने भए त सबैले दिन्थे नि । नाराले केही काम हुँदैन । पुराना दललाई त जनतालाई चित्त बुझाउन धौधौ भइरहेको छ भने भर्खरका दलले गर्छौँ भनेर गर्न सकिन्छ र रु परिवर्तन गर्ने नारा बोकेर आयो एउटा दल ।
कार्यक्रममा बोल्दै नेता सिंहले पालिका र प्रदेश सरकारलाई आफ्ना अधिकार नदिँदा सङ्घीयतामाथि प्रश्न उठेको बताउनुभयो । उहाँले जनताको बहुमत पाउँदा समेत कम्युनिस्ट पार्टीहरूले सङ्घीयताका कानुन नबनाइदिँदा सङ्घीयतामाथि प्रश्न उठेको आरोप पनि लगाउनुभयो । नेता सिंहले ट्र्याकबाट बाहिर गएको देशलाई ट्र्याकमा ल्याउने काम कांग्रेसले गठबन्धन बनाएर गरिरहेको दाबी गर्दै आउँदो चुनाव जितेर कांग्रेसले देश विकास गर्ने जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘पालिका र प्रदेश सरकारलाई दिनुपर्ने अधिकार कानुनहरू नबनाइदिएका कारण प्रश्न उठेको छ । बहुमत पाएर पनि कम्युनिस्टहरूले काम गर्न नसक्दा यो अवस्था आएको हो । गठबन्धन बनाएर देशलाई ट्र्याकमा ल्याएका छौँ ’
नेता सिंहले अहिलेको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने प्रणाली भइरहेको भन्दै शिक्षाको नीति र प्रणालीमा परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । शिक्षा दिनेसँगै सीप दिने कामको विकास गर्न आवश्यक रहेको उहाँको भनाइ छ । नेता सिंहले हरेक वडा कार्यालयमा बोर्डमात्रै नभइ व्यवस्थित स्वास्थ्य संस्थाको विकास गर्नुपर्ने, देशभरका वडा कार्यालयका क्लिनिकहरूमा प्राथमिक उपचार गर्ने काम हुनुपर्ने र रोजगारीको अवसर सिर्जना गर्न आवश्यक रहेको बताउनुभयो ।
नेता सिंहले आफू पैसा कमाउन, नाम कमाउन राजनीतिमा लागेको नभइ सेवाका लागि राजनीति गरेको दाबी गर्नुभयो । भारी मतले विजय गराए देश हाँक्ने क्षमता आफूमा रहेको उहाँको जिकिर छ ।