राष्ट्रपति र संसदबीच टकराव हुनु ठिक होइन : मन्त्री कार्की

काठमाण्डौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक जस्ताको त्यस्तै पारित हुने बताउनुभएको छ । शनिवार सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर १० मा नेपाल टेलिकमको फाइबर नेट सेवाको शुभारम्भ गर्दै मन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।

उहाँले संसद्ले पारित गरी प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको विधेयक फिर्ता आए पनि पुनः पठाउने बताउनु भयो । उहाँले यस पटक भने नागरिका विधेयक जस्ताको त्यस्तै पारित हुनेमा विश्वस्त रहेको बताउनु भयो ।

मन्त्री कार्कीले यो टकरावको बेला नभएकोले देशलाई एकता, सद्भाव र आन्तरिक एकतालाई अझ मजबुत गरेर जानुपर्ने बताउनु भयो । उहाँले राष्ट्रपतिलाई फेरि विधेयकलाई फिर्ता गर्ने संवैधानिक अधिकार रहेको तर राष्ट्रपति संस्थाबाट गल्ती नहुनेमा सरकार विश्वस्त रहेको बताउनु भयो । मन्त्री कार्कीले चाँडै नै राष्ट्रिय सभाबाट समेत विधेयक पारित भएर आएपछि नागरिकताविहीनको समस्या अन्त्य हुने बताउनु भयो ।

Share your love