३२ प्रतिशत मत खस्यो : निर्वाचन आयोग

प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि जारी मतदानमा दिउँसो पौने एक बजेसम्ममा ३२ प्रतिशत मत खसेको छ ।

निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेर दिउँसो पौने एक बजेसम्म ३२ प्रतिशत मत खसेको जानकारी गराएको हो ।

उहाँले बिहान चिसो भएका कारण तुलानात्मक रुपमा कम मतदान भएको र दिउँसोपछि मतदान केन्द्रहरुमा मतदाताको उपस्थिती बाक्लो रहेको उहाँले बताउनुभयो ।

प्रवक्ता पौडेलले छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनक ढंगले मतदान भएको पनि जानकारी दिनुभयो ।

 

Share your love