२५ वर्षीय युवतीलाई सामूहिक बलात्कार, तीन जना पक्राउ
‘पार्किङ गरेर राखेको दुईवटा ट्रकको बीचमा रहेको खाली ठाउँमा पुर्याएर युवतीमाथि सामूहिक बलात्कार गरेको पाइयो,’ दाहालले भने, ‘स्थानीयले खबर गरेपछि प्रहरीलाई घटनाको जानकारी भएको हो ।’
पीडित युवती चिच्याउन थालेपछि स्थानीय र पैदलयात्रीले घटना थाहा पाएको उनको भनाइ छ । युवती चिच्याएको सुनेपछि घटनास्थलमा पुगेकाहरूले प्रहरीलाई खबर गरेको डीएसपी दाहालले बताए । घटनास्थलमा मानिस भेला हुन थालेपछि तीनैजना दौडिएर ट्रकभित्र छिरेका थिए । लगत्तै परिचालित प्रहरी टोलीले घटनामा संलग्नलाई पक्राउ गरेको उनले बताए ।
आक्रोशित बनेकाहरूले ट्रकमा तोडफोडसमेत गरिदिएका छन् । तोडफोटबाट ट्रकको अगाडिको शिशा फुटेको छ । पीडितले दिएको किटानी जाहेरीका आधारमा पक्राउ परेकाविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन सोमबार म्याद थप गरेर अनुसन्धानको थप प्रक्रिया अघि बढाइने जानकारी दाहालले दिए ।