१५ सय मिटर दौडमा मुकेश र फूलमतिलाई स्वर्ण

उनले एपीएफका अजित यादवलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । मुकेशले ३ मिनेट ५२ दशमलव २१ सेकेण्डमा र अजितले ३ मिनेट ५३ दशमलव ११ सेकेण्डमा दूरी पार गरेका थिए । तेस्रो भएका पुलिसका नागेश्वर यादवले ३ मिनेट ५६ दशमलव ४ सेकेण्डमा दूरी पार गरे ।

महिलातर्फ एपीएफका फूलमति रानाले स्वर्ण पदक जितेकी छिन् । उनले त्रिभुवन आर्मीकी सरस्वती भट्टराईलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । फूलमतिले ४ मिनेट ३८ दशमलव १९ सेकेण्डमा, सरस्वतीले ४ मिनेट ४१ सेकेण्डमा दूरी पूरा गरिन् ।

तेस्रो भएकी आर्मीकी रेखा लिम्बुले ५ मिनेट ३ सेकेण्डमा दूरी पार गरिन् ।

Share your love