१३ वर्षीया बालिका बलात्कृत

दाङमा बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आराेपमा लमही नगरपालिका-९ बस्ने २२ वर्षीय अनोवर कुमार यादव पक्राउ परेका हुन् ।

ती बालिकालाई सोही नगरपालिका-९ स्थित भडरकुण्डीको जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट रिहार र वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले यादवलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेकाे छ ।

Share your love