हिन्दु धर्म संरक्षण हेतु वीरगंजका युवाहरुद्वारा सामुहिक हनुमान चालिसा वाचन

वीरगंज – हिन्दु धर्म संस्कृतिलाई संरक्षण गर्नको हेतु वीरगंजका युवाहरुले सामुहिक रुपमा हनुमान चालिसाको पाठ वाचन गरेका छन  । आज मंगलबार वीरगंजको महावीर स्थान मन्दिर छेउमा रहेको चिया पसल अगाडी बसेर युवाहरुको समुहले हनुमान चलिसाको पाठ गरेका हुन् ।

सामुहिक युवाहरुको हनुमान चलिसामा सहभागी दिवेश गुप्ताले हिन्दु सनातन धर्म अनुसार मंगलबार भगवान हनुमान रहेको र त्यसैकारण आज बिहान स्वेच्छाले मन्दिर दर्शन गर्न पुगेका युवाहरूको समुहले सामुहिक हनुमान चालीसाको पाठ गर्नुका साथै हरेक मंगलबार बिहान ७:१५ मा पाठ गर्ने योजना  बनाएको बताउनुभयो । उहाले हाम्रा धर्म प्रति सबै हिन्दुहरुलाई जागरुक बनाउनु नै मुख्य उदेश्य रहेको बताउनुभयो ।

यसै अर्का युवा रिसभराज अग्रवालले सातामा केहि घन्टा आफ्ना धर्मको लागी खर्च गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । उहाले आफ्ना धर्म पनि हुने र साथि भाई संग भेटघाट गर्नुपर्ने राम्रो माध्यम पनि हुने बताउनुभएको हो ।

सामुहिक हनुमान चालीसा पाठ गर्ने समुहमा देवेश गुप्ता, रिसभराज अग्रवाल, विकी सरार्फ, सौरभ गुप्ता, सौर्या सरार्फ लगायत विभिन्न संघसंस्थाका युवाहरूको सहभागीता रहेको थियो ।

Share your love