हिजो तोलामा तीन हजार रुपैयाँले बढेको सुनको भाउ आज घट्यो

दशैँको बिदामा बढेको सुनको भाउ आज भने घटेको छ ।

दशैँको बिदा सुरु भएसँगै सुनको भाउ बढ्न थालेको थियो ।

तर बिदाका कारण नेपाल सुन चाँदी व्यवसायी महासङ्घले हिजो मात्रै सुनको भाउ तोकेको थियो ।

हिजो तोलामा ३ हजार रुपैयाँले बढेर सुनकाे भाउ ९६ हजार रुपैयाँमा पुगेको थियो ।

तर, आज भने तोलामा ८ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा ९५ हजार २ सय रुपैयाँ तोकिएको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा अस्थिरता बढेको छ । यसले गर्दा भाउमा उतारचढाव आउने उहाँले बताउनुभयो ।

दशैँको बिदाअघि नेपालमा सुनको भाउ तोलामा ९३ हजार रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ ।

हिजो तोलामा १ हजार २ सय ५५ रुपैयाँ रहेको चाँदीको भाउ आज २५ रुपैयाँले घटेर १ हजार २ सय ३० रुपैयाँ तोकिएको छ ।

 

Share your love