हामी जाँदा भिडभाड बढ्छ भनेर पोखरा नजाने भयौँ : गृहमन्त्री लामिछाने

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूहरू पोखरा जाँदा भिडभाड बढी उद्धारमा समस्या होला भनेर पोखरा नजाने निर्णय गरेको बताउनुभएको छ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री लामिछाने लगायतको टोली पोखरा जाने तयारी थियो । तर पोखरा जाने तयारीको अन्तिम समयमा आफूहरूको भ्रमणले भिड बढ्ने जोखिम भएकोले नजाने निर्णय गरेको लामिछानेले बताउनुभयो ।

यस्तै उहाँले काठमाण्डाैबाट लिनुपर्ने निर्णय र उद्धार लगायतका प्रतिकार्यमा कुनै कसर बाँकी नरहनेगरि जुटिरहेको पनि बताउनुभएको छ ।

Share your love