हत्या आरोपित १० वर्षपछि पक्राउ

सर्लाही प्रहरीले हत्या आरोपित एक व्यक्तिलाई १० वर्षपछि पक्राउ गरेको छ । हत्या घटनामा मुख्य अभियुक्त रहेका ईश्वरपुर नगरपालिका–८ बस्ने वर्ष ४० का नरेश चौधरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

लुकीछिपी गाउँमा बस्दै आएका चौधरीलाई सुराकीका आधारमा पक्राउ गरेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

प्रहरी उपरीक्षक सुवेदीका अनुसार २०७० असोज २९ गते सिरहाको कर्जन्हास्थित पूर्व–पश्चिम राजमार्गको बगहा खोलाको पुल मुनी हत्या गरेको अवस्थामा तनहुँ पोखरी भन्ज्याङका २५ वर्षीया कल्पना परियारको शव फेला परेको थियो । उक्त घटनामा चौधरी संलग्न रहेको प्रहरीले जनाएको छ ।

चौधरीलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मिर्चैया पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Share your love