हङकङलाई १० विकेटले हराउँदै पीएनजी फाइनलमा, उपाधिका लागि भोलि नेपालसँग खेल्ने
हङकङले दिएको १ सय २२ रनको लक्ष्य पीएनजीले १२ ओभर ४ बलमा १ विकेट पनि नगुमाई भेटायो । पीएनजीका सेसे बाउले ६१ र टोनी उराले ५१ रन बनाए । हङकङले १२ रन अतिरिक्त दियो ।
यसअघि घरेलु मैदान मोङ कोकमा टस जितेर ब्याटिङ गरेको हङकङ १८ ओभर ३ बलमा १ सय २१ रनमा अल आउट भयो । हङकङका जेशान अलीले नट आउट ५५ रन बनाए । पीएनजीका कबुआ मोरे, अलेई नाओ, असाद भाला र सेसे बाउले समान २ विकेट लिए ।
अब पीएनजीले फाइनलमा भोलि नेपालसँग खेल्नेछ । यसअघि आजै भएको खेलमा पीएनजीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा पुगेको थियो । अब हङकङले तेस्रो स्थानका लागि हङकङ ‘ए’ सँग टी–२० खेल्नेछ ।