स्याङ्जा १ मा कांग्रेसका राजु थापा विजयी

स्याङ्जाकाे प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापा विजयी हुनुभएकाे छ ।

भर्खरै सकिएकाे मतगणनाअनुसार कांग्रेसका थापाले प्रतिस्पर्धी नेकपा एमालेका निवर्तमान सांसद नारायणप्रासद मरासिनीलाई ३ हजार २ सय ५५ मतान्तरले पराजित गर्नुभएको हो ।

कांग्रेसका थापाले ३१ हजार ९ सय ९९ मत ल्याउनुभयो भने मरासिनीले २८ हजार ७ सय ४४ मत ल्याउनुभयो । मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले घाेषणा गर्न भने बाँकी छ ।

 

Share your love