स्थायित्व र रूपान्तरणका लागि गगनलाई अघि सारेका हौँ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थायित्व र रूपान्तरणका लागि महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेको बताउनुभएको छ ।

आज मङ्गलवार पार्टीका महामन्त्री थापाको संसदीय दलको नेताको प्रस्तावकका रूपमा काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर नेता काेइरालाले यस्तो बताउनुभएको हो । उहाँले आउँदाे पार्टी सभापतिको सहमतिको विषयमा भने भविष्यका दिनलाई हेर्दै अघि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गगन थापाले भनेजस्तै स्थायित्व र निरन्तरताका लागि हामीले उहाँलाई संसदीय दलको नेतामा अगाडि सारेका हौँ ।’

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

 

Share your love