सेयर बजारमा फेरि करेक्सन,कारोबार रकम २ अर्बमा झर्‍यो

सेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा सामान्य करेक्सन आएको छ। नेप्से परिसूचक ०.३५ अंकले घटेर  २१८३.२७ विन्दुमा अडिएको छ।

नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ। आज २५४ कम्पनीको ७७ लाख ६४ हजार १५३ कित्ता सेयर २ अर्ब ८६ करोड ८२ करोड ८३९ रूपैयाँमा कारोबार भयो।

अघिल्लो कारोबार दिन बुधबार ३अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३८ रुपैयाँको सेयर कारोबार भएको थियो।

यसदिन ४ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो। लुम्बिनी जनरल इन्स्योरेन्स,आदर्श  लघुवित्त वित्तीय,बराही हाइड्रोपावर पब्लिक र ज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा ९ करोड ७० लाख बढिको सेयर कारोबार भयो। रिडी पावर कम्पनीको ८ करोड र  आँखु खोला  जलविद्युतको ७ करोड बढिको सेयर किनबेच भयो।

कारोबारमा आएका १३ समूहमध्ये ६ को मूल्य बढ्यो भने ७ को घट्यो।

Share your love