सेन्ट्रल फाईनान्सको शाखा वीरगंजमा पनि सञ्चालन

वीरगंज – सेन्ट्रल फाईनान्स लिमिटेडले वीरगंजमा पनि आफ्ना शाखा सञ्चालन गरेको छ । बुधबारदेखि वीरगंज महानगरपालिकाको वडा नम्बर ८ लिंक रोडमा सेन्ट्रल फाईनान्सको शाखा सञ्चालनमा आएको प्रमुख कार्यकारी अधिकृत र्जोज मान श्रेष्ठद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको ईजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २५ बर्षदेखि गुणस्तरीय बैंकिंग सेवा दिदै आएको कार्यकारी अधिकृत श्रेष्ठले बताउनुभएको छ ।

उहाको अनुसार यो संस्थाले ललितपूरको कुपुणडोल कानदेवस्थान स्थित आफ्नै नवनिर्मित केन्द्रीय कार्यालय सहित काठमाण्डौको चावहिल , गोंगबु गणेशस्थान , चितवनको नारायणगढ , रुपन्देहीको बुटवल र भैरहवा, भक्तपूरको च्याम्हासिंह , महोत्तरीको बर्दिबास , नवलपरासीको ,बर्दघाट , बाराको सिमरा , सिन्धुलीको भिमान र डकाहा , सर्लाहीको लालबन्दी , धनुषाको जनकपूर , सुनसरीको ईटहरी , झापाको विर्तामोड गरी १६ वटा शाखा र भक्तपूरको सल्लाघारीमा १ एक्सटेन्सन काउन्टर सञ्चालन रहेको छ ।

यसैगरी श्रेष्ठले संस्थाको बारोबार बिस्तारको क्रममा छिट्टै मोरंगको विराटनगर र रौतहटको चन्द्रनिगाहपूरमा थप दूई शाखा सञ्चालनमा ल्याउने बताउनुभएको छ । यस संस्थाले स्मार्ट मोबाईल बैंकिंग एप , एटीएम डेबिट कार्ड , छेक क्लियारिंग , आईपीएस , कनेक्ट आईपीएस कर्पोरेट पे , रेमिटेन्स सेवा , सी-अस्वा जस्ता आधुनिक बैंकिंग सेवा प्रदान गर्दै आएको कार्यकारी प्रमुख श्रेष्टले बताउनुभयो ।

संस्थाले आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी थप डिजिटल बैंकिंग सेवा प्रदान गर्दै लैजाने लक्ष्य लिएको उहाले बताउनुभयो । ग्राहकहरुको बैंक खाता , वालेट , क्युआर जस्ता विधुतीय रकमान्तर तथा भुक्तानीका माध्यममा सहज सहज पहुचको व्यवस्था पनि मिलाईएको संस्थाले बिभिन्न शाखा कार्यालयहरुमा एटीएम सेवा पनि सञ्चालन गरिरहेको क्षेष्ठले जानाकरी दिनुभयो । चुक्ता पुंजी रु.९४ करोड ८८ लाख ७५ हजार रहेको संस्थाको हाल निक्षेप रु.६ अर्व ११ करोड र कर्जा रु.५ अर्व २० करोड रहेको कार्यकारी अधिकृत श्रेष्ठले बताउनुभयो।

Share your love