सुन तस्करीबारे एमालेले सरकारको जवाफ माग्ने, अनुसन्धान नगरि भाषणबाजीमा रमाएको आरोप

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करीको विषयमा संसदबाटै सरकारको जवाफ माग्ने भएको छ ।

आज बुधवार बसेको संसदीय दलको बैठकले सरकारले सुन तस्करीको गहिराइमा गएर अनुसन्धान गर्नुको साटो भाषणबाजी मात्रै गरिरहेको भन्दै सरकारको स्पष्ट जवाफ माग्ने निर्णय गरेको प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न व्यक्ति र दललाई आरोप लगाउँदै हिँड्ने तर अनुसन्धान अघि नबढाउने काम गरिरहेकाले तस्करीमा सरकारकै संलग्नता त छैन भनेर एमालेले प्रश्न सोधेको छ ।

 

Share your love