सुन खानी उत्खननका लागि हेलिकप्टरमा रोल्पा पुगेको थियो तस्कर समूह

६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङले सुन तस्कर समूहका सदस्य सुन खानी उत्खननका लागि भन्दै हेलिकप्टर चार्टर गरेर रोल्पासम्म पुगेको बयान दिएका छन् । अधिकारप्राप्त अधिकारी समक्षको बयानमा दावाले सुन तस्कर समूहलाई आफूहरूले सुन उत्खननका लागि भन्दै आफूहरूले लाइसेन्स लिएको स्थानसम्म पुराएको बयान दिएका हुन् ।

तस्कर समूहका सदस्य आगो भन्ने वेङ जिन्गाउ सहितको टोलीलाई दावाले सुन खानीको उत्खननका लागि भन्दै रोल्पामा पुराएको दावाले आफ्नो बयानमा उल्लेख गरेका छन् । दावासँगै पक्राउ परेका आरोपित किशोर बस्नेतले आफ्नो बयानका क्रममा चिनिया नागरिक वेङ जिन्गाउसँग भेटघाट गर्ने समेतको कुरा भएको बयान दिएपछि सीआईबीले सोधेको प्रश्नमा दावाले सुन तस्कर समूहसँगै रोल्पासम्म पुगेको बयान दिएका हुन् ।

सीआईबीले ‘किशोर बस्नेतले अधिकार प्राप्त अधिकारी समक्षको बयानमा तपाई, किशोर बस्नेत र आगो भन्ने वेङ जिन्गाउबीच होटल शंकरमा भेट्ने भई कुराकानी भएको थियो भनी खुलाई लेखाई दिएको हुँदा चिनिया नागरिक आगो भन्ने वेङ जिन्गाउ को हुन् र के कुन प्रयोजनको लागि भेटघाट भएको हो ?’ भनी सोधेको थियो । त्यसको जवाफमा दावाले यस्तो बयान दिएका छन् ।

Share your love