सुनसरी ४ मा ज्ञानेन्द्र कार्कीलाई ७१ मतकाे अग्रता

सुनसरीकाे प्रतिनिधि सभा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले झिनाे मतकाे अग्रता लिनुभएकाे छ । अहिलेसम्म ६० हजार ६ सय ३२ मतगणना हुँदा कांग्रेसका कार्कीले २३ हजार ७९ मत प्राप्त गर्नुभएकाे छ ।

उहाँलाई नेकपा एमालेका जगदीश कुसियतले २३ हजार ८ मत प्राप्त गर्नुभएकाे छ ।  यस क्षेत्रमा ८१ हजार २ सय ३३ मत खसेकाेमा अब २० हजार ६ सय १ मत गन्न बाँकी रहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

 

Share your love