सुनसरी ४ मा कांग्रेसका कार्कीसँगकाे मतान्तर घटाउँदै एमालेका कुसियैत

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा चलिरहेकाे छ । पछिल्लाे मतगणनाअनुसार एमालेका जगदीशप्रसाद कुसियैतले कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीसँगकाे मतान्तर घटाउनुभएकाे छ ।

मतगणना चलिरहँदा कांग्रेसका कार्कीले २७ हजार चार सय १९ मत प्राप्त गर्नुभएकाे छ । यस्तै एमालेका कुसियैतले २७ हजार दुई सय ९० मत प्राप्त गर्नुभएकाे छ । याेसँगै कार्की र कुसियैतबीचकाे मतान्तर एक सय २९ मा झरेकाे छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जीवनकुमार श्रेष्ठले दुई हजार नाै सय ५२ मत प्राप्त गर्नुभएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

 

Share your love