सुनको भाउ आज पनि बढ्याे

सुनको भाउ आज पनि बढेको छ । आज तोलामा ३ सय रुपैयाँले बढेर सुन एक लाख २ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको मूल्य तोलामा एक लाख २ हजार ६ सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Share your love