सुनको भाउ आज तीन सय रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा १ लाख २ हजार ५ सय रुपैयाँ तोकेको छ । यसअघि अस्ति तोलामा १ लाख २ हजार ८ सय रुपैयाँ  थियो । हिजो सार्वजनिक बिदा भएकाले भाउ तोकिएको थिएन ।

यस्तै आज चाँदीको पनि भाउ घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 

Share your love