सुनकाे भाउ आज ताेलाकाे १ लाख १ हजार ५ सय रुपैयाँ

सुन चाँदीको भाउ लगातार बढ्न थालेको छ । आज फेरि तोलामा तीन सय रुपैयाँले बढेर सुन एक लाख एक हजार ५ सय रुपैयाँमा पुगेको छ ।

हिजो सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेको थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको पनि भाउ बढेको छ ।

आज चाँदी तोलामा ५ रुपैयाँले बढेर एक हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Share your love