सिरहामा लागूऔषध र प्रेस कार्डसहित दुईजना पक्राउ

जनकपुरधाम – सिरहामा प्रेस कार्ड बोकेका एक जनासहित दुईजना प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका छन्।उदयपुरको कटारी नगरपालिका २ कल्याणपुर टोलका ३५ वर्षीय सुरेश कुमार धमला र ओखलढुङ्गा फुलवारी गाउँ विकास समिति ९ मा घर भई हाल उदयपुर कटारी नगरपालिका २ कल्याणपुर टोल बस्ने ३५ वर्षीय ईश्वकर खत्रीलाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

शुक्रवार बिहान साढे ९ बजेको समयमा सिरहा नगरपालिका १४ नेमचन चोक स्थित ईलाका प्रहरी कार्यालय माडरबाट खटेको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको स ९ प ५१० नम्बरको मोटरसाइकललाई चेक जाँच गर्दा लागूऔषध फेला परेको हो।

पक्राउ परेका दुबैजनाको साथबाट नाइट्रोभेट ट्याब्लेट १५ ट्याब्लेट, स्पास्मो प्रोक्सिभव प्लस ८ क्याप्सुल, डाइलेक्स डिसी जस्तो देखिने केम्पटी म्यान्गो  पन्च ड्रिक लेखेको बोतलमा ६ सय एमएल, रामा एक्सप्रेस खबर प्रेस लेखिएको आइडिकार्ड तथा नगद बरामद भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकी बताए।

Share your love