साडियो मानेले विश्व कप फुटबल खेल्न नसक्ने

सेनेगलका फरवार्ड साडियो मानेले कतारमा हुने फिफा विश्व कप फुटबल खेल्न नसक्ने भएका छन् । जर्मन क्लब बायर्न म्युनिखले मानेले विश्व कप गुमाउने पुष्टि गरेको छ । साथै सेनेगल फुटबल फेडेरेसनले पनि माने विश्व कपबाट बाहिरिएको जनाएको छ ।

विश्व कप फुटबल पर्सि आइतवारदेखि कतारमा सुरु हुँदैछ । केही दिनअघि मात्रै मानेले विश्व कपको पहिलो खेल गुमाउने भनिएको थियो । तर उनको दायाँ खुट्टामा लागेको चोट निको हुन समय लाग्ने भएको छ । घाउमा शल्यक्रिया समेत गरिएको छ ।

अब उनी झण्डै ३ महिना मैदान बाहिर रहने छन् । विश्व कप फुटबलमा सेनेगल समूह ‘ए’ मा रहेको छ । सेनेगलले पहिलो खेल नोभेम्बर २१ तारिख अर्थात् आउँदो सोमवार नेदरल्यान्ड्ससँग खेल्दै विश्व कपको सुरुआत गर्नेछ ।

Share your love