सशस्त्र प्रहरीका चार एसएसपी डिआइजीमा बढुवा सिफारिस

सरकारले सशस्त्र प्रहरी बलका ४ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा गर्न सिफारिस गरेको छ ।

गृह मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले सो सिफारिस गरेको हो एसएसपी सुरेश कुमार श्रेष्ठलाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ सशस्त्रमा ४ जना डीआईजीको पद रिक्त छ रिक्त पदमा श्रेष्ठसहित अन्जनी कुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई बढुवा सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) नारायणदत्त पौडेलले जानकारी दिए ।

Share your love