सर्लाहीमा स्कूटर दुर्घटना हुदाँ आमाको मृत्यु, छोरा गम्भीर घाइते

बिहीबार बिहान साढे १० बजेतिर सागरनाथस्थित सडकमा देवीमायाले चलाएको बा ५४ प ६३०७ नम्बरको स्कूटर घुम्तीमा अनियन्त्रित भई सडक नजिक राखिएको टायरगाढामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते बालक श्रवणको लालबन्दीस्थित मोडेल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए। – मधेश खबरबाट साभार

Share your love