सरकारी वकिलको कार्यालयले मगायो रवि लामिछानेको नागरिकता र राहदानीलगायत कागजात

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोहोरो राहदानी दुरुपयोग गरेको भन्दै परेको उजुरीमा राहदानीको प्रमाण संकलन सुरु भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले लामिछानेको नागरिकता, राहदानीलगायत कागजात मागेको हो । लामिछानेले पासपोर्ट दुरुपयोग गरेको भन्दै अभिवक्ता युवराज पौडेल सफलले जोहरी हालेका थिए ।

पौडेलले लामिछानेले कायम नभएको नागरिकता चलाएको र झुठा विवरण दिएर राहदानी बनाएको भन्दै जाहेरी दिएका हुन सो जाहेरीको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले लामिछानेको नागरिकता र राहदानीलगायतका कागजात मगाएको हो ।

सरकारी वकिलको कार्यालयले सिडिओ कार्यालयबाट जारी भएको नागरिकता र राहदानी विभागबाट जारी भएको राहदानीका साथै अध्यागमन विभागबाट पनि आवश्यक कागजात मगाएको छ । ती सबै कागजात प्राप्त भएपछि अध्ययन सुरु गरिने अधिकारीहरुले जनाएका छन् ।

Share your love