समानुपातिकमा एमालेले २० लाख मत ल्यायाे

प्रतिनिधि सभातर्फको समानुपातिक निर्वाचन प्रणालीमा नेकमा एमालेले २० लाखभन्दा धेरै मत प्राप्त गरेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार एमालेले २० लाख ११ हजार ८ सय ८० मत प्राप्त गरेको हो । दोस्रोमा रहेको नेपाली कांग्रेसले १९ लाख ४३ हजार ४ सय २९ मत प्राप्त गरेको छ ।

यस्तै नेकपा माओवादी केन्द्रले ८ लाख ७० हजार ५ सय ९, राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ३५ हजार १ सय ४३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ४३ हजार ५० र जनता समाजवादी पार्टीले २ लाख ३९ हजार ९ सय ७२ मत प्राप्त गरेका छन् ।

 

Share your love