सभामुख घिमिरे स्वदेश फिर्ता

अन्तरव्यवस्थापिका सङ्घ (आईपीयु) को १४६ औँ महासभामा सहभागी भइ सभामुख देवराज घिमिरे आज स्वदेश फर्किएका छन्। उनी आज साँझ ६ बजे स्वदेश फर्किएका हुन्।

उनीसँगै नेपालबाट गएको ९ सदस्यीय प्रतिनिधि मण्डल पनि स्वदेश फर्किएको छ। स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख घिमिरेले महासभामा नेपालबाट ठूला मुलुकले साना मुलुकलाई हेप्ने र पक्षपात गर्ने कुराहरुमा विशेष जोड दिएको बताए।

उनले जातीय, वर्गीय कुराहरुलाई नयाँं ढंगबाट लैजाने कुरामा आफूहरुले आवाज उठाएको बताए। उनले नेपालको असंलग्न परराष्ट्र नीतिका बारेमा पनि जानकारी गराएको बताए।

उनले महासभामा अस्ट्रेलियाका सभामुखसँग दुई देशबीचको सम्बन्धका बारेमा विशेष छलफल भएको बताए। उनले साथै बहराइनका सभामुखसँग पनि आफ्नो भेट भएको र भेटमा दुई देशबीचको सम्बन्धका बारेमा छलफल गरेको बताए।

Share your love