सप्तरीको छिन्नमस्तामा आगलागी हुँदा ५ लाख रुपैयाँभन्दा बढीको क्षति

सप्तरी – सप्तरीको छिन्नमस्ता गाउँपालिका-३ गोविन्दपुरमा आज बिहान भएकाे आगलागीबाट पाँच लाख रुपैयाँभन्दा बढीकाे क्षति भएकाे छ । गोविन्दपुरका मजिद मियाँको घरमा आगलागी हुँदा खाद्यान्न, लत्ताकपडा जलेर नष्ट भएकाे हाे।

आगलागीमा परेर उहाँका पशु चाैपाया समेत जलेका प्रहरीले जनाएको छ । स्थानीयवासी,सशस्त्र प्रहरी, जनपद प्रहरी तथा राजविराज नगरपालिकाको सहयोगमा आगाे बिहानै निभाइएकाे प्रहरीले जनाएकाे छ ।

 

Share your love