सप्तकाेसीमा पाैडी खेल्ने क्रममा बेपत्ता भएका ३ मध्ये १ जनाकाे शव भेटियाे

सप्तकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका तीनमध्ये एक जनाको शव भेटिएको छ ।

सुनसरीको बराहक्षेत्रमा रहेको कोसी नदीको भङ्गालो नजिक पौडी खेल्ने क्रममा डुबेकामध्ये झापाको दमक नगरपालिका–२ का १७ वर्षका नवीन न्यौपानेको शव घटनास्थल नजिकै भेटिएको सुनसरीका प्रहरी उपरीक्षक (एसपी) प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।

यस्तै दमक–९ का १९ वर्षका रुद्र न्यौपाने र मोरङको उर्लाबारी नगरपालिका–७ का १८ वर्षका राज गुरागाईंकाे खोजी भइरहेको डीएसपी ढकालले बताउनुभयो । ती युवाहरू आफन्तको श्राद्ध गरिँदै गरेको ठाउँबाट पौडी खेल्नका लागि कोसीमा गएका उहाँले बताउनुभयाे ।

 

Share your love