सनराईज कोचिङ एण्ड कम्प्युटर एजुकेशन सेन्टरद्वारा एसईईका विद्यार्थीलाई स्वागत

बाराको कलैया १० मटिअर्वा स्थित सनराईज कोचिङ एण्ड कम्प्युटर एजुकेशन सेन्टरले यस वर्षको एसईई परीक्षा दिने विद्यार्थीहरुको स्वागत तथा स्फुर्ति कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।

कलैयाको करण राज पार्टी प्यालेसमा आयोजना गरेको उक्त कार्यक्रममा कक्षा १० का ४१ जना विद्यार्थी सहभागी भएका थिए । कोचिङमा छात्रा १६ र २५ जना छात्र कक्षा १० मा मात्र अध्ययनरत रहेको सेन्टरका फाउण्डर एण्ड प्रिन्सिपल सन्तोष कुमार साहले जानकारी दिनुभयो ।

गणतन्त्र दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा स्वागत मन्तव्य नेपाली विषयका शिक्षक नरेश केशरीले राख्नु भएको थियो। कार्यक्रमका प्रमुख अतिथि कलैया उपमहानगरपालिका शिक्षा शाखा अधिकृत विजय अधिकारी, विशिष्ट अतिथिमा बाल एकताका डाइरेक्टर सुमोध सराफ यस्तै बहुहर्वा मावि का प्रधानाध्यापक रमेश कुशवाहा थिए । उक्त कार्यक्रममा सेन्टरका सबै शिक्षकहरू र अभिभावक तथा पत्रकाहरु उपस्थित भएको प्रिन्सिपल साहले जानकारी दिए ।

उक्त कार्यक्रममा विद्यार्थको स्तरोन्नति र शैक्षिक गतिविधिको बारेमा सिकाइएको थियो । कार्यक्रमको संचालन कक्षा १२ मा अध्ययरत विद्यार्थी निशा कुशवाहले गरेकी थिइन् भने सहायक उद्घोषक अंग्रेजी शिक्षक शिवलाल साहले गरेका थिए । कार्यक्रम समापन पछि विद्यार्थीलाई रमाइलो गराउन तथा व्यवसायिक तालिम दिन पर्साको वीरगञ्ज स्थित भाटभटेनी सुपरमार्केटमा अवलोकन गराइएको थियो ।

Share your love