सङ्क्रमणकालीन न्यायलाई फाष्टट्रयाकबाट टुंग्याउनुपर्छ : सांसद पौडेल

नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले सङ्क्रमणकालीन न्यायलाई फास्टट्रयाकको विधिद्वारा टुंग्याउनुपर्ने बताएका छन् ।शुक्रवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद पौडेलले सङ्क्रमणकालीन न्यायलाई फास्टट्रयाकको विधिद्वारा टुंग्याउनुपर्ने बताएका हुन् ।

उनले सङ्क्रमणकालीन न्यायको विषय अहिले सबैभन्दा पेचिलो बनेको उल्लेख गर्दै जनताको आन्दोलनबाट स्थापित मूल्य र मान्यताहरुलाई संस्थागत रुपमा टुंग्याउनु सबैको कर्तव्य भएको बताए ।

उनले सङ्क्रमणकालीन न्यायको सम्बन्धमा विमति जनाउने सांसदहरुलाई आफू बसेको कुर्सिमा लोकतान्त्रिक प्रणाली ल्याउन लडेका योद्धाहरुको रगतको टाटो छ कि भनेर हेर्न अनुरोध समेत गरे ।  सांसद पौडेलले इतिहासप्रति सम्मान गर्न सिक्नुपर्ने बताए ।

Share your love